Comments Add Comment

बार्सिलोनाका अध्यक्ष भन्छन्- मेसीसँग सम्झौता नवीकरण हुनेमा आशावादी छु

२५ असार, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले लियोनल मेसीसँग सम्झौता नवीकरण हुनेमा आफू आशावादी रहेको बताएका छन् । लापोर्टा मेसीसँगको सम्झौतालाई लिएर विश्वस्त रहेको स्पेनिस अनलाइन मार्काले जनाएको छ ।

लापोर्टाले हरेक पटक मेसीको बारेमा आशावादी रहँदै आएको बताएका छन् । मेसीसँग सम्झौताको बारेमा छलफल भइरहेको र सबै कुरा राम्रो भइरहेको उनले जनाए ।

लापोर्टा बार्सिलोनाको अध्यक्ष भएको चार महिना बितिसकेको छ । उनले मुख्य एजेन्डा मेसीलाई क्लबमा राख्ने बताएका थिए । तर अहिलेसम्म यस समस्याको समाधान भने उनले निकाल्न सकेका छैनन् ।

मेसी बार्सिलोनामा फेरि खेल्छन् खेल्दैनन् अन्योल छ । सत्य के हो भने जुन ३० मै मेसीको सम्झौता सकिसकेको छ ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले बिहीबार च्यारिटी गल्फ टुर्नामेन्टको अवसरमा आयोजना गरेको गाला डिनमा लापोर्टालाई मेसी अर्को वर्ष क्याम्प नोउ बस्छन् कि बस्नैनन् भनेर सोध्दा उनले सबै कुरा ठीक छ भनेका थिए । ‘सबैकुरा ठीक छ,’ लापोर्टाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment