Comments Add Comment

पुर्वाञ्‍चल विश्वविद्यालयको परीक्षा साउन १० गते सर्‍यो

२५ असार, काठमाडौं । पुर्वाञ्‍चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विभिन्‍न संकायहरुको परीक्षा सारेको छ ।

विश्‍वविद्यालयले शुक्रबार सूचना जारी गर्दै पुर्वनिर्धारित तालिका अनुसार यही असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि सारेको हो ।

परिस्थिति अनुकुल नभएको भन्‍दै परीक्षा सारिएको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला तथा शिक्षा शास्त्र संकायका विभिन्‍न सेमेष्टरका परीक्षाहरु मिति २०७८/०३/३१ गते देखि सञ्‍चालन हुने परीक्षा सञ्‍चालन गर्न अनुकुल नभएकाले मिति २०७८/०४/१० गतेदेखि सञ्‍चालन हुने व्‍यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment