Comments Add Comment

थप २,२३९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्‍यु

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २,२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३१६ जना निको भएका छन् ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । तीमध्ये ९ हजार ३४० जनाको मृत्यु भएको छ भने ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेका छन् । जसमध्ये २३ हजार ९२० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २६१, झापामा १६२, मोरङमा १२९, कास्कीमा १०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सुनसरीमा ८९, मकवानपुरमा ८०, ललितपुरमा ७४, चितवनमा ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

नुवाकोटमा ४६, भक्तपुरमा ४५, धादिऽमा ४०, काभ्रेपलाञ्चोकमा ३७, सुर्खेतमा ३६, पाल्पामा ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै रुपन्देहीमा २१, रामेछापमा २०, नवलपरासी पुर्वमा १८, दोलखामा १६, धनुषा, गोरखा र जुल्मामा १२/१२ जना, म्‍याग्दीमा ११ र दाङमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment