+
+

सामसुङको नयाँ ग्यालेक्सी ए२२ नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते १८:५७

नेपालको विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै आफ्नो  ए सिरिज अन्तर्गत ‘ग्यालेक्सी ए २२’ बजारमा ल्याएको छ ।

फोनमा नवीनतम प्रविधिको साथ अल्ट्रा हाइरेस ४८ मेगापिक्सल क्वाड क्यामरा,  रियल स्मुथ९० हर्ज रिफ्रेस रेट साथ ६.४ इन्फीनिटी यू डिस्प्ले  तथा अन्यथुप्रै नवीनतम विशेषताहरु रहेका छन् ।

‘सम्पूर्ण प्रयोगकर्ताहरु समक्ष नवीनतम प्रविधि एवं विशेषताहरुको उपयोगका लागि निरन्तर लागि परेका छौं, यसै सिलसिलामाब्सिरिज अन्तर्गत अर्को नवीनतम प्रवियिुक्त स्मार्ट फोन बजारमा प्रस्तुत गरेका छौं । उत्कृष्ट फिचरहरु सहुलियत शुल्कमा प्रयोग गर्न सकिने सुविधा प्रदान गरिएको छ,’ सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणयरत्न स्थापितले भने ।

उत्कृष्ट क्यामरा

नयाँ ग्यालेक्सी ए२२मा अल्ट्रा हाइरेस ४८ मेगापिक्सल क्वाड क्यामरा राखिएको छ । जसले गर्दा फोटोग्राफिलाई माथिल्लो तहसम्म पुर्‍याउन मद्दत गर्दछ र आफ्ना सम्झनाहरुलाई विभिन्न तरिका एवं माध्यमबाट कैद गर्न स्वतन्त्रता समेत प्रदान गर्दछ ।

यसमा ४८ मेगा पिक्सलको रियर क्यामरा रहेको छ, दिनमा या रातमा सफा एवं स्पष्ट फोटो खिच्दछ । १२३ डिग्रीको फिल्ड भ्यु युक्त ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्सले मानवआँखाले जस्तो देख्दछ, तेस्तै फोटो कैद गर्न सकिन्छ ।

त्यसैगरी २ मेगा पिक्सलको माइक्रो लेन्सले क्लोजपफोटो खिच्दा सफा एवम् स्पष्ट खिच्न सकिन्छ । त्यसै गरी २ मेगा पिक्सलको  डेफ्थ क्यामराले उत्कृष्ट लाइभफोकस गर्दछ भने यसमा भएको १३ मेगापिक्सलको सेल्पिm क्यामराले कम ब्याकग्राउण्डमा उच्चस्तरीय सेल्फी फोटो खिच्दछ ।

उत्कृष्ट स्क्रीन

ग्यालेक्सी ए २२ मा उत्कृष्ट सुपर एमोलेड डिस्प्ले को साथ ६.४ इन्फीनिटी यू स्क्रीन रहेको छ । साथै यसमाभएको ६०० एआईटीएसले हरेक कन्टेन्टलाई उत्कृष्टता प्रदान गर्दछ । साथै ९० हर्ज रिफ्रेस रेटले स्मुथ स्क्रोलिङ्ग तथा गेमिङ्गको मज्जा प्रदान गर्दछ ।

उत्कृष्ट ब्याट्री

ग्यालेक्सी ए२२को डिजाइन अन द गो को अवस्था कार्य गर्न सहज होस् भनी निर्माण गरिएको छ । नयाँ ग्यालेक्सी ए२२ मा ५००० एमएएचको ब्याट्री राखिएको छ। जसले गर्दा घण्टौंसम्म विना चार्ज मोबाइलको प्रयोग गर्न सकिन्छ भने यसमा १५ वाटको फास्ट चार्जिङ्ग सुविधा पनि रहेको छ, यसले बारम्बार चार्ज गर्नु पर्ने झन्झटबाट मुक्ति दिन्छ ।

उत्कृष्ट कार्यक्षमता

ग्यालेक्सी ए२२ मा उत्कृष्ट कार्य क्षमताको लागि अक्टा कोर प्रोसेसर को साथ ६ जीबी र्‍याम राखिएको छ, त्यसै गरी यसमा १२८जीबी को इन्टरनल स्टोरेज पनि रहेको छ, जसले गर्दा प्रयोगकर्ताहरुले आफूलाई मन परेका सामग्रीहरु यथेष्ट रुपमा भण्डारण गर्न सकिनेछ ।

मूल्य, उपलब्धता तथा अफरहरु

ग्यालेक्सी ए२२ ब्ल्याक, मिन्ट र भ्वोइलेट गरी ४ आकर्षक रंगहरुमा उपलब्ध रहेको छ, यसको ६ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २७ हजार ९९९ रूपैयाँ तोकिएको छ । यो फोन ८ जुलाइ , २०२१ देखि नेपालभर रहेका सामसङ ब्राण्ड सप तथा रिटेल स्टोरहरुमार्फत खरिद गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?