+
+
Shares

कञ्चनपुरबाट चोरेर भारत पुर्याइएको १२ भैंसी फिर्ता ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २६ गते १७:३७

२६ असार, धनगढी । कञ्चनपुरमा भारततर्फ लगिएको १२ भैसीको उद्दार गरिएको छ । बेल्डाँडी गाउँपालिका–५ को शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै चराइरहेको अवस्थामा शुक्रबार पाँच जनाको समूहमा आएका भारतीय तस्करले १३ वटा राँगाभैंसी चोरी गरेका थिए ।

त्यसमध्ये १२ वटा भारतीय क्षेत्रबाटै उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहतको बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले स्थानीय र भारतीय एसएसबीसँगको समन्वयमा शनिबार सीमादेखि झण्डै ८ किलोमिटर टाढा भारतको पिलिभितमा फेला पारेर ल्याएको छ ।

पिलिभित जिल्लाको टटारगञ्ज ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटमा पुग्दै गर्दा फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

जसमा बेल्डाँडी गाउँपालिकाका शंकर थापाको २ भैंसी, नवराज कठायतको एउटा भैँसी, गोमा रावतको २ रागा, चन्द्र बहादुर रावतको एउटा रागा र ४ भैँसी, तेज बहादुर रावतको एउटा भैँसी र १ वटा भैसी छन् ।

स्थानीय शिव उपाध्यायको एउटा राँगा भने फेला नपरेको सशस्त्र प्रहरीले जनाएको छ । शुक्रबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै सीमा क्षेत्रमा भैँसी चराइरहेका बेला स्थानीय अरुण उपाध्यायलाई डर धम्की देखाएर तस्करको समूहले भैँसी र राँगा चोरेर भारततर्फ लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?