Comments Add Comment

अर्जेन्टिनाको जितपछि देखियो मेसी र नेमारको मित्रता

२७ असार, काठमाडौं । अर्जेन्टिनाका लिओनल मेसी र ब्राजिलका नेमारले स्पेनिस क्लब बार्सिलोनाबाट केही वर्ष संगै खेले । उनीहरुले केही उपाधि सँगै पनि जिते । त्यसपछि नेमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लागे, मेसी बार्सिलोनामै रहे ।

बार्सिलोनामा रहँदा यी दुईबीच घनिष्टता थियो । तर राष्ट्रिय टिमबाट खेल्दा भने यी दुई एक अर्काका विरुद्ध हुन्थे । कोपा अमेरिका फुटबलको फाइनलअघि पनि नेमारले आफूहरु मिल्ने साथी भएको बताएका थिए । तर फाइनलमा भने एक अर्का विरुद्ध प्रतिस्पर्धामै उत्रने उनको प्रतिक्रिया थियो ।

आइतबार बिहान रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको ४७ औं संस्करणको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई हराउदै उपाधि जित्यो । एन्जल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा हरायो ।

फाइनल खेलमा भने मेसी र नेमारले भने गोल गर्न सकेनन् ।

रेफ्रीले खेल सकिएको सिठी बजाउनेबित्तिकै मेसी मैदानमा घुँडा टेकर खुसी मनाउन थाले । सबै अर्जेन्टिनी खेलाडी उनी भएको ठाउँङ्तिगा गएर अंगालो मारेर खुशी मनाए । उता नेमारको आँखामा भने आँशु थियो ।

२८ वर्षपछि च्याम्पियन बनेको अर्जेन्टिनी टोली धुमधामका साथ खुशीयाली मनाइरहेका थिए । त्यसै बेला नेमार पनि अर्जेन्टिनी टोलीनजिक थिए । त्यसपछि मेसी र नेमारले अंकमाल गरे । करिब एक मिनेट उनीहरुले अंकमाल गरिरहे । उनीहरुले आफ्नो मित्रतालाई उस्तै रहेको देखाए ।

खेलमा हार जित हुन्छ नै तर त्यसलाई आत्मसाथ गरेर मित्रता देखाउँदा त्यो क्षण उत्कृष्ट देखिएको थियो । सामाजिक सञ्जालमा अहिले मेसी र नेमारबीचको अंकमालको दृश्य चर्चाको विषय बनेको छ र धेरैले यो तस्वीरलाई सेयर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment