
२७ असार, चितवन । माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् ।
श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आइतबार बिहान ९ः३० बजे पसेका थिए ।
ह्युमपाइपभित्र पसेका श्रेष्ठ नफर्किएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4