Comments Add Comment

दराज सहयात्री कार्यक्रम पुनः शुरू, सानो र मध्यम उद्यमको रिकभरीलाई थप सहयोग

दराजले आफ्नो सफल सहयात्री काययक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ। साना र मध्यम आकारका उद्यमहरूलाई (एसएमई) समर्थन गर्न शुरु गरिएको दराजको सहयात्री कार्यक्रममा गत बर्ष शुरू गरिएको थियो ।

कार्यक्रम अन्तर्गत दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेताहरूलाई देशभरिका ७ लाख भन्दा बढी ग्राहकहरूलाई निःशुल्क पहुँच प्रदान गरी ८ हजारभन्दा बढी एसएमईहरूलाई आफ्नो व्यवसाय दराजमा दर्ता गर्न मद्दत गरेको थियो ।

कम्पनीका अन्सार दराज सहयात्री कार्यक्रमको मूख्य उद्देश्य साना र मध्यम आकारका उद्यमहरूलाई शुल्क माफी, व्यापक अनलाइन प्रशिक्षण, साप्ताहिक भुक्तान चक्र र थप वित्तीय कार्यक्रमहरुको माध्यमबाट छिटो पुनः प्राप्ति गर्न सहयोग गर्नु हो ।

यसबाहेक कार्यक्रममार्फत, पहिलो पटक अनलाइनमा सरेका नयाँ व्यवसायहरूले अब आउने तिन महिना दराज दशैँ धमाका अभियानमा निःशुल्क रूपमा आफ्नो उत्पादन दराजमा बेच्न सक्नेछन् । यसपाली दराज सहयात्री कार्यक्रममा थप नयाँ पहलका साथ शुरु गरिएको छ जसमा सेलर प्रमिस २०२१ समावेश छ ।

दराज सहयात्री कायएक्र र सेलर प्रमिस २०२१ को मुख्य विशेषताहरू निम्न समावेश गराएको छ :

-आउने तीन महिनाका लागि पहिलो पटक अनलाइन बेच्न एसएमईहरुको लागि कुनै बजार शुल्क लागू नहुने ।

-विक्रेताहरुलाई १४ दिन नभई ७ दिनभित्र भुक्तानी गरिने ।

– नबिल बैंकको सहयोगमा व्यवसायहरूले विशेष एसएमई वित्तपोषण पाउने ।

-द्रुत साइन–अप प्रक्रियाले नयाँ विक्रेताहरुलाई २४ घण्टाभित्रै अनलाइन जान सक्षम ।

-विक्रेताहरुले दराज विश्वविद्यालयको माध्यममार्फत विस्तृत इ–कर्मश प्रशिक्षण र शिक्षा पहलहरु पाउने ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, ‘घरेलु अर्थव्यवस्था, विशेष गरी साना र मझौला आकारका व्यवसायहरूलाई महामारी र पछिल्लो लकडाउनले कठोर पारेको छ। दराजको थोक विक्रेताहरू फस्टाए बापत हाम्रो देशभर १० लाख बढी ग्राहकहरु फस्टाउनेछन् ।तसर्थ, हाम्रो मूख्य उद्देश्यहरूमध्ये एक हाम्रो १ हजारबढी थोक बिक्रेतालाई प्लेटफर्ममा छिटो पुनः प्राीपत गर्न मद्दत गर्ने र थप व्यवसायहरुलाई कुनै जोखिम बिना अनलाइन बेच्ने अवसर दिने हो।हाम्रो सहयात्री क्रायक्रम र सेलर प्रमिस २०२१ ले छिटो भुक्तानको अनुकूलित अनबोर्डिङ्ग, कम शुल्क, थप प्रशिक्षण र विशेष वित्तीय विकल्पहरुले व्यवसायलाई ट्रयाकमा फर्काउन निकै नै सहयोग पुर्याउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment