+

रोनाल्डो बने युरोकपको सर्वाधिक गोलकर्ता

२०७८ असार  २८ गते ६:३६ २०७८ असार २८ गते ६:३६
रोनाल्डो बने युरोकपको सर्वाधिक गोलकर्ता

२८ असार, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो युरोकप २०२० को सर्वाधिक गोलकर्ता बनेका छन् ।

सोमबार सम्पन्न युरोकपमा इटली ५३ वर्षपछि च्याम्पियन बन्दा पोर्चुगलका सुपर स्टार रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका हुन् ।

साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि रोनाल्डो पाँच गोलसहित गोल्डेन बुट जित्न सफल भएका हुन् । उनले समूह चरणमा ३ खेलबाट ५ गोल गरेका थिए ।

चेक रिपब्लिकका प्याट्रिक सिकले पनि रोनाल्डो समान पाँच गोल नै गरेका थिए । तर रोनाल्डोले एक असिस्टसमेत गरेकोले उनी अघि रहे ।

रोनाल्डोले समूह चरणमा हंगेरी र फ्रान्सविरुद्ध २-२ तथा जर्मनीविरुद्ध १ गोल गरेका थिए ।

यस्तै ४ गोल गरेका फ्रान्सका करिम बेन्जामा सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा रहे ।

यो पनि पढ्नुस्- 

दुई पेनाल्टी सुटआउटका नायक डोनारुम्बा युरोकपको उत्कृष्ट खेलाडी

पेड्री युरोकपको उत्कृष्ट युवा खेलाडी

इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले जित्यो युरोकपको उपाधि

क्रिष्टियानो रोनाल्डो युरोकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय