+

पेड्री युरोकपको उत्कृष्ट युवा खेलाडी

२०७८ असार  २८ गते ६:४३ २०७८ असार २८ गते ६:४३
पेड्री युरोकपको उत्कृष्ट युवा खेलाडी

२८ असार,  काठमाडौं । स्पेनका पेड्री युरोकप २०२० को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । स्पेनलाई सेमिफाइनलसम्म पुर्‍याउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । १८ वर्षीय पेड्रीले युरोकपअघि सिनियर टिममा जम्मा ४ खेल मात्र खेलेका थिए । तर युरोकपमा भने उनले उत्कृष्ट प्रदर्शन गरे ।

सेमिफाइनलमा इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भए पनि उनले उत्कृष्ट खेल देखाएका थिए । पेड्रीले उक्त खेलमा ६६ मध्ये ६५ पास पूरा गरेका थिए । जसले गर्दा उनको चर्चा चुलिएको थियो ।

स्पानिस क्लब बार्सिलोनाबाट खेल्ने पेड्री आन्द्रेज इनेएस्टाभन्दा राम्रो रहेका खेलपछि स्पेनका प्रशिक्षक लुइस एनरिकेले बताएका थिए ।

गत संस्करणबाट प्रदान गर्न थालिएको युवा खेलाडीको अवार्ड यसअघि २०१६ मा पोर्चुगलका रेनाटो सान्चेजले जितेका थिए ।

यो पनि पढ्नुस् –

इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले जित्यो युरोकपको उपाधि

दुई पेनाल्टी सुटआउटका नायक डोनारुम्बा युरोकपको उत्कृष्ट खेलाडी

रोनाल्डोले बने युरोकपको सर्वाधिक गोलकर्ता

युरोकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय