+

दुई पेनाल्टी सुटआउटका नायक डोनारुम्बा युरोकपको उत्कृष्ट खेलाडी

२०७८ असार  २८ गते ६:४९ २०७८ असार २८ गते ६:४९
दुई पेनाल्टी सुटआउटका नायक डोनारुम्बा युरोकपको उत्कृष्ट खेलाडी

२८ असार, काठमाडौं । इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा युरोकप २०२० को उत्कृष्ट खेलाडी बनेका छन् । इटलीलाई ५३ वर्षपछि युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डोनारुम्बा प्लेअर अफ दि टुर्नामेन्ट बनेका हुन् ।

इटलीले सोमबार इंग्ल्याण्डमा फाइनलमा पेनाल्टीसुट आउटमा पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गरे । डोनारुम्बाले दुई पेनाल्टी बचाएपछि इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा ३-२ ले पराजित गरेको हो ।

उनले जाडोन सान्चो र बुकायो साकाको पेनाल्टी रोकेका थिए ।

यस्तै सेमिफाइनलमा स्पेनविरुद्ध पनि पेनाल्टी सुटआउटमा जित हात पार्दा डोनारुम्बाले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले स्पेनका अल्भारो मोराटाका पेनाल्टी बचाएका थिए ।

इटलीलाई अपराजित रहँदै च्याम्पियन बन्दा डोनारुम्बाले पनि उत्कृष्ट रहे । डोनारुम्बा युरोकपमा उत्कृष्ट खेलाडी बन्ने पहिलो गोलकिपरसमेत बने । सन् १९९६ बाट युरोकपमा उत्कृष्ट खेलाडीको अवार्ड दिन सुरु गरिएको थियो ।

समूह चरणमा इटलीले तीनवटै खेल जित्दा उनले कुनै गोल खाएनन् । त्यसपछि नकआउट चरणको चारवटै खेलमा १-१ गोल बेहोरे पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो ।

युरोकपमा ७१९ मिनेट खेलेका उनले ३ खेलमा क्लिनसिट राखे । यस्तै ४ गोल बहोरे । उनले कूल ९ सेभ गरे ।

यो पनि पढ्नुस्-

रोनाल्डोले बने युरोकपको सर्वाधिक गोलकर्ता  

पेड्री युरोकपको उत्कृष्ट युवा खेलाडी

इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले जित्यो युरोकपको उपाधि

इटली पेनाल्टी युरोकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय