+
+
Shares

बिर्तामोडमा युवतीको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते ९:०९

२८ असार, झापा । झापाको बिर्तामोडमा एक जना युवती मृत फेला परेकी छन् । विर्तामोड–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ ।

सिर्जनशील सहकारीमा काम गर्दै आएकी बस्नेत आफन्तको घरमा बस्दै आएकी थिइन् ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईले तालिमप्राप्त कुकुरसहितको टोली बोलाएर अनुसन्धान थालिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?