Comments Add Comment

प्रजिअलाई फाउन्डेसनको ध्यानाकर्षण

२८ असार, वीरगञ्ज । वीरगञ्जको घण्टाघरदेखि उत्तरतर्फ वीपी उद्यानको जमिनमा अन्य निर्माणको काम रोक्नुपर्ने भन्दै जीपी कोइराला फाउन्डेसन पर्साले विरोध जनाएको छ ।

फाउन्डेसनले उद्यानको जग्गामा अन्य निर्माणको काम गरेर प्रकृति मास्ने काम भइरहेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएको छ ।

फाउन्डेसनका अध्यक्ष मोहम्मद साहबुदिनले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा स्थानीय विकास मन्त्रालयका तत्कलिन मन्त्री रामचन्द्र पौडेलले रेल्वेको जग्गा खरिद गरी वीपी उद्यानका लागि जग्गा तत्कालिन वीरगञ्ज उपमहनगरपालिकाको रेखदेखमा रहने र पछि पार्क बनाउने उद्देश्यले हस्तान्तरण गरिएको उल्लेख छ । तत्कालिन सरकारसँग गरेको सम्झौता विरुद्ध पार्क बनाउने जग्गामा प्रकृति मास्ने गरी छड सहितको ढलानको काम भइरहेकोले यथाशिघ्र रोक लगाउन आदेशको माग समेत ज्ञापनपत्रमा गरिएको छ ।

‘वीपी उद्यानको पार्कमा निःशुल्क पार्क र हरित मैदान बनोस भन्ने जन चाहान छ । वीरगञ्ज महानगरपालिकाले ठेक्का लगाई पैसा कमाउने भाँडो बनाउँदा हरियो शहरको परिकल्पना मरेर जाने स्थिति छ । उक्त कार्यलाई अबिलम्ब रोक लगाई हरित पार्क बनाउने पहलकदमी लिन अनुरोध छ । प्रकृति मास्नेगरी विकास चाहिएको छैन’ ज्ञापनपत्रमा उल्लेख छ ।

वीपी उद्यानको जग्गालाई हराभरा बनाउनुको साटो कुरुप बनाउने जुनसुकै योजनालाई फाउन्डेसनले विरोध गर्ने अध्यक्ष सहाबुदिन बताउँछन् । आवश्यक परे कानुनी लडाइँ समेत लड्न फाउन्डेसन तयार रहेको उनको भनाइ छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले सम्बन्धित निकायमा ज्ञापनपत्र पठाइदिने बताए ।

तर ज्ञापनपत्रमा उल्लेख भएजस्तो महानगरले नभई वीपी उद्यानमा सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साले पार्किङ स्थल बनाउन लगाएको छ ।

वीपी उद्यानको रुपमा प्रयोग गर्ने शर्तमा नेपाल यातायात संस्थानको जग्गा तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाले १० करोडमा १० बिघा जग्गा खरिद गरेको थियो । वीरगञ्जका तत्कालिन नगर प्रमुख गोपाल गिरी र पूर्वउपमेयर समेत रहेका अजय द्विवेदीको पहलमा अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले रजिष्ट्रेसन दस्तुरमा सहुलियत प्रदान गरिदिएको फाउन्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment