
२८ असार, काठमाडौं । अनलाइनखबरकर्मी रोयल आचार्यलाई पितृशोक परेको छ । आचार्यका पिता उदयपुर, रामपुर ठोक्सिला निवासी विष्णुप्रसाद आचार्यको आइतबार निवासमै निधन भएको हो ।
केही समययता सामान्य अस्वस्थ रहेका ९६ वर्षीय आचार्य घरमै स्वास्थ्यलाभ गरिरहेका थिए । खोटाङको खाम्चीमा जन्मिएका आचार्यका श्रीमती, ६ जना छोरा र ७ जना छोरी छन् । धार्मिक व्यक्तित्व आचार्यको निधनप्रति अनलाइनखबर परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4