Comments Add Comment

अंकमा थाहा पाउनुहोस् युरोकप २०२०

२८ असार, काठमाडौं । इटलीले उपाधि जितेसँगै युरोकप-२०२० सकिएको छ । सोमबार बिहान इंग्ल्याण्डलाई उसैको मैदानमा हराएर इटलीले ५३ वर्षपछि युरोकप जितेको हो ।

यस पटक ५१ खेलमा कुल १४२ गोल भए । एक महिना चलेको युरोकपमा विभिन्न उतारचढाप पनि आए । युरोकप सकिएपछि तथ्याङ्क यस्तो रहेको छ ।

१ : इटलीका फेडेरिको किएसाले अन्तिम १६ मा अष्ट्रियाविरुद्ध गोल गरेपछि आफ्नो बुबा एनरिको किएसासँगै युरोकपमा गोल गर्ने कीर्तिमान बनाए । एनरिके र फेडेरिको युरोकपमा गोल गर्ने एक मात्र बाबु छोरा बने ।

२ : इंग्ल्याण्ड २ गोल मात्र गरेर समूह चरण विजेता बन्ने पहिलो टिम बन्यो । फाइनल पुगेका इटली र इंग्ल्याण्डले समूह चरणमा कुनै गोल खाएनन् । यसअघि चार टिमले मात्र समूह चरणमा गोल नखाने कीर्तिमान बनाएका थिए ।

३ : स्विट्जरल्याण्डले युरो नकआउट चरणमा अहिलेसम्म तीन खेल खेलेको छ र तीनै पटक पेनाल्टी सुटआउटमा पुगेको थियो । स्वीस टोलीले यसअघि एकै खेलमा तीन गोल गरेको थिएन । यस पटक टर्की र फ्रान्स दुई टिमविरुद्ध तीन गोल गर्‍यो ।

४ : क्वाटरफाइनलमा युक्रेनविरुद्ध ४-० को जित हात पारेको इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फाइनलपछि पहिलो पटक मुख्य प्रतियोगिताको नकआउट चरणमा एकै खेलमा चार गोल गर्‍यो ।

५ : इंग्ल्याण्ड युरोकपमा लगातार पाँच खेलमा क्लनसिट राख्ने पहिलो टिम बन्यो । यस्तै स्पेन भने लगातार दुई खेलमा पाँच गोल गर्ने पहिलो टिम बन्यो।

७ : स्कटल्याण्डले युरोकपको समूह चरणमा ८ अंक जोड्दा त्यसमध्ये ७ अंक जुन १८ तारिखका दिन जोडेको थियो ।

८ : अन्तिम १६ मा स्पेन र क्रोएसियाबीचको खेलमा ८ गोल भयो । यो युरोकपको एकै खेलमा दोस्रो सर्वाधिक गोल हो । अनि एकै खेलमा ८ फरकखेलाडीले यस खेलमा गोल गरेका थिए ।

९ : चेक रिपब्लिकका प्याट्रिक सिक युरो इतिहासमा एकै प्रतियोगितामा पाँच गोल गर्ने नवौं खेलाडी बने । यस्तै इंऊल्याण्डले नवौं प्रयासमा युरोकपको पहिलो खेल जित्न सफल भयो ।

११ : युरो२०२० मा क्वाटरफाइनल पुगेको युक्रेनले ११ खेलमा क्लिनसिट राख्न सकेन । उता जर्मनी युरोकपमा ११ सुरुआती खेल खेल्दा पहिलो पटक सुरुमै पराजित भयो ।

१३ : स्पेनले यस पटक युरोकपमा १३ गोल गर्‍यो । जुन एकै प्रतियोगितामा स्पेनले गरेको सर्वाधिक गोल हो ।

१४ : पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस युरोमा विभिन्न कीर्तिमान बनाए । त्यसमध्ये युरोमा सर्वाधिक गोलकर्ता बनेका १४ गोल गरेका छन् ।

१५ : क्वाटरफाइनलमा बेल्जियमलाई २-१ ले पारजित गरेको इटलीको युरोकपमा छनोटसहित यो लगातार १५औं जित थियो ।

१७ : पोल्याण्डका क्यास्पर कोज्लोस्की १७ वर्ष २४६ दिनको हुँदा स्पेनविरुद्ध खेल्दै युरो खेल्ने सबैभन्दा कान्छा खेलाडी बने ।

१८ : युरो २०२० अन्तर्गत जुन २३ मा एकै दिन १८ गोल भएको थियो । जुन एकै दिन भएको सर्वाधिक गोल हो ।

२५ : ह्यारी केनको इंग्ल्याण्डका लागि पछिल्लो २५ गोल प्रतिस्पर्धात्मक खेलमा थियो ।

२९ : डेनमार्कले २९ वर्षपछि युरोको क्वाटरफाइनल खेल जितेको थियो । यस पटक सेमिफाइनल पुगेको डेनमार्कले अन्तिम १६ मा वेल्सलाई ४-० ले हराएको थियो ।

३२ : इटलीले क्वाटरफाइनलमा बेल्जियमलाई हराउ लगातार १३ खेल जित्ने कीर्तिमान बनायो । साथै अपराजित यात्रालाई ३२ खेलमा पुर्‍याएको थियो । फाइनल जितेपछि इटली ३४ खेलसम्म अपराजित छ ।

३४ : एन्टोइन ग्रीजमन गोल गरेको ३४ खेलमा फ्रान्स हारेको छैन ।

३६ : इटलीका जर्जियो किलिएनी युरो कप जितने सबैभन्दा बुढा खेलाडी बने । उनले ३६ वर्ष ३३१ दिनको हा युरो ट्रफी उचाले । यस्तै इटलीका लियोनार्दो बोनुची फाइनलमा गोल गर्ने बुढा खेलाडी बने । उनले ३४ वर्ष ७१ दिन हुँदा इंग्ल्याण्डविरुद्ध गोल गरे ।

३७ : नर्थ मेसेडोनियका गोरन पाण्डेबले ३७ वर्ष ३२१ दिनको हा युरोकपमा पहिलो गोल गरे ।

५३ : इटलीले ५३ वर्षपछि युरो कपको उपाधि जित्यो ।

५५ : इंग्याण्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनल पुग्न सफल भयो ।

६१ : फ्रान्सले ६१ वर्षपछि युरोकपको एकै खेलमा ३ गोल बेहोर्‍यो । अन्तिम १६ को खेलमा स्विट्जरल्याण्ड विरुद्ध पेनाल्टी सुटआउटमा पराजित भएको फ्रान्सले त्यसअघि ३ गोल बेहोरेको थियो ।

८३: स्विट्जरल्याण्डले ८३ वर्षपछि मुख्य प्रतियोगितामा नकआउट चरणमा खेल जित्यो ।

१०९ : पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरे ।

१४२ : युरो २०२० मा १४२ गोल भए । एकै संस्करणमा भएको अहिलेसम्मको यो सर्वाधिक गोल हो । अनुपातमा पनि यो गोलसंख्या अहिलेसम्मकै धेरै हो ।

८००० : फ्रान्सविरुद्ध अन्तिम १६ मा स्विट्जरल्याण्डका हारिस सेफेरिभिकले गरेको गोल युरोकपमा ८०००औं गोल हो । त्यसअघि अष्ट्रियाका माइकल ग्रेगोरिट्सले ७००औं र नेदरल्याण्ड्सका जर्जिनियो विजनाल्डमले ७५०औं गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment