Comments Add Comment

संसद विघटन मुद्दामा १६७ पृष्ठ लामो पूर्णपाठ तयार

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको ठहर गरेको छ ।

सोमबार संवैधानिक इजलासले शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमा माग बमोजिम रिट जारी गरेको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जानकारी दिएका छन् ।

इजलास शुरु हुनेवित्तिकै उनले भने, ‘मागबमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको छ ।’

उनले यो मुद्दामा फैसलाको १६७ पृष्ठ लामो पूर्णपाठ पनि तयार भइसकेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment