
२७ असार, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले २ सय ५० किलो लागु औषध गाँजा बरामद गरेको छ । वीरगञ्ज-२४ स्थित आईसीपी जाने सडकबाट गाँजा बरामद गरेको हो ।
एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा आइसीपी हुँदै गाँजा भारततिर लैजाँदै छ भन्ने सूचनाको आधारमा प्रहरी टोलीले गाजा सहितको कन्टेनर बरामद गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
उनका अुनसार २३ वटा प्याकेटमा रातो प्लाष्टिकले बेरेर राखिएको गाजा सहितको कन्टेनर बरामद गरेको हो । ‘ आईसीपी हुँदै गाजा भारततर्फ लैजाँदै छन भन्ने सूचना आएको थियो ।’ उनले भने ‘ भारतीय कन्टेनर नियन्त्रणमा लिएर चेकजाँच गर्दा २३ वटा पोकामा २ सय ४७ किलो गाजा फेला पर्यो । चालक भाग्न सफल भए ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4