+
+

महोत्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा युवतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १८:३३
प्रतीकात्मक तस्वीर

२८ असार, जनकपुरधाम । महोत्तरीमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका–५ कठुधारमा ज ११ प ५००३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार युवतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा औरही नगरपालिका–४ कविलासाकी २३ वर्षीया निशा साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकललाई नियन्त्रणमा लिइएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?