Comments Add Comment

इटालियन पेस्तोलसहित सिरहाबाट दुईजना पक्राउ

२८ असार, जनकपुरधाम । सिरहा प्रहरीले इटालियन पेस्तोलसहित गोलबजार नगरपालिकाबाट दुईजनालाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका ९ बाट उनीहरुलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० बस्ने २६ बर्षीय रामकुमार यादव र २२ बर्षीय रुपेश यादव छन् ।

शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट इटालियन पेस्तोल एक थान, म्यागेजिन १ थान र टाइप ७७ लेखिएको गोली २ राउण्ड बरामद भएको बुढाथोकीले बताए ।

दुबैलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment