+

एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङमा भूमिक पहिलो

२०७८ असार  २८ गते १९:३९ २०७८ असार २८ गते १९:३९
एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङमा भूमिक पहिलो

२८ असार, काठमाडौं । नक्साल बक्सिङ क्लबका भूमिक थापा एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि भएको छनोटमा पहिलो भएका छन् ।

नेपाल बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे ।

युथको पुरुष ५४ केजीमा बोसीगाँसका सुलभ मालीले झापाका प्रवीण बयल्कोटी तथा ६३ केजीमा रामेछापका सुमन श्रेष्ठले सुनसरीका संगम राईलाई फाइनलमा हराए । युथकै महिला ४८ केजी फाइनलमा नक्सालकी तेजीमाया गुरुङले ललितपुरकी उमा श्रेष्ठलाई पन्छाइन् ।

युथको पुरुष ६० केजी सेमिफाइनलमा कास्कीका निश्चल गुरुङले झापाका समिर गुरुङलाई पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

बक्सिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय