+
+
Shares

नेपालमा कोरोना संक्रमितको संख्या सात लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते २०:२२

२८ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या सात लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा (आरटी-पीसीआर र एन्टिजेन) ११,५८४ परीक्षण गर्दा २,३७० संक्रमित थपिएसँगै संक्रमितको संख्या सात लाख नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १ हजार ४५८ जना पुगेको छ ।

पीसीआर विधिबाट ३४ लाख २३ हजार १६४ नमुना परीक्षण गर्दा ६ लाख ५७ हजार १३९ र एन्टिजेन विधिबाट २ लाख ३८ हजार ६७२ नमुना परीक्षण गर्दा ४४ हजार ३१९ जना संक्रमण पुष्टि भएका छन् ।

सोमबारसम्म ६ लाख २१ हजार २७ जना कोरोना मुक्त भएका छन् भने कोरोनाका कारण ९ हजार ४०० जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?