+
+
Shares

हराएको पर्स बुझाउने भारतीय अटो रिक्सा चालक पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते ८:४४

२९ असार, धनगढी । कञ्चनपुरमा हराएको पर्स भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाउने भारतीय अटो रिक्सा चालकलाई पुरस्कृत गरिएको छ ।

भारतबाट पेन्सन बुझेर फर्किने क्रममा भीमदत्त नगरपालिका-२ मौलियाका ४४ वर्षीय भुपेन्द्रसिंह बिष्टको हराएको पर्स बुझाउने भारतीय नागरिक ओमप्रकाश विजय पाललाई पुरुस्कृत गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले अटो चालकलाई पर्स भेटाएर बुझाएको भन्दै एक हजार ६ सय रुपैयाँ पुरस्कार स्वरुप दिएको जनाएको छ ।

बिष्टको पर्समा भएका १८ हजार भारतीय रुपैयाँसहित एनएमबी र एनआईसीए बैँकको एटीएम कार्ड र दुईवटा क्यान्टिन कार्ड जस्ताका त्यस्तै अटो चालक पालले बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?