+
+

रौतहटमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते ९:०६

२९ असार, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

ना४त १५०७ नम्बरको ६याक्टर राति ११:५५ बजेको समयमा देवाही गोनाही नगरपालिका-४ स्थित लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टरमा सवार ४ जनामध्ये कवीन्द्र पटेल र गोविन्दा पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कवीन्द्र नदीपारी टोलका हुन् भने गोविन्द पोखरिया टोल निवासी हुन् ।

दुर्घटनामा घाइते भएका राकेश पटेलको अवस्था पनि गम्भीर रहेको र उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

खेत जोतेर घर फर्किँदै गरेको ट्याक्टर अनिन्त्रित भएर दुर्घटना हुँदा दुई पटेलद्वयको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?