Comments Add Comment

अर्जेन्टिनाका रोड्रिगो डे पउल एट्लेटिकोमा अनुबन्ध

२९ असार, काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पाउल स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् ।

अर्जेन्टिनाले २८ पर्षपछि कोपा अमेरिकाको उपाधि जित्दाका सदस्य डे पउललाई एट्लेटिकोले सोमबार अनुबन्ध गरेको जनाएको छ ।

२७ वर्षीय डे पउललाई एट्लेटिकोले इटालियन क्लब उडिनेसेबाट भित्र्याएको हो । एट्लेटिकोले डे पउलसँग पाँच वर्षको सम्झौता गरेको छन् ।

दुई दिनअघि अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा हराएर कोपा अमेरिकाको उपाधि जित्दा डे पउलले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

फाइनलमा एन्जल डि मारियाले निर्णायक वऊल गर्दा डे पउलले नै असिस्ट गरेका थिए । ब्राजिलमा भएको कोपामा उनले ६ खेल खेल्दै एक गोल समेत गरे ।

सन्२०१२ मा अर्जेन्टिनाको रेसिङ क्लबाट प्रोफेसनल करियर शुरु गरेका डे पउल २०१४ मा स्पानिस क्लब भ्यालेन्सिया पुगेका थिए । त्यसपछि उनी २०१६ मा इटालियन क्लब उडिनेसे पुगेका हुन् ।

सिरी ए क्लबका लागि उनले १८४ खेलमा ३४ गोल र ३६ असिस्ट गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment