
फाइल तस्वीर
२९ असार, काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले अन्नपूर्ण हिमाल सुनचाँदी पसलबाट नक्कली नोट बरामद गरेको हो ।
अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुईजना महिलाहरुले २ लाख ८० हजार रूपैयाँ नक्कली नोट देखाई गहना किन्न खोज्दा प्रहरी पुगेपछि उनीहरुले ८० हजार नक्कली नोट छाडेर फरार भएका थिए ।
फरार महिलाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4