+
+

अदालतको आदेशले छुटिन् ज्वाला संग्रौला

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते १८:३९

२९ असार, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला थुनामुक्त भएकी छन् ।

जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा सामान्य तारेखमा उनलाई छाड्न आदेश दिएको एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।

उनका पति हिमाल उपाध्यायलाई चाहिँ एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । यसअघि अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०/१० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

प्रहरी वृत्त, गौशालामा पुरानो साथी खुश्बु (नविता) घिमिरेलाई कुटपिट गरेपछि उनीविरुद्ध किटानी जाहेरी परेको थियो । र, ६ असारमा उनी पक्राउ परेकी थिइन् ।

कुटपिटको घटना पुरानो भए पनि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असईं) मणिकान्त झालाई रंगभेदी शब्द प्रयोग गरेर दुर्व्यवहार गरेपछि पुरानो विषय पनि चर्चामा आएको थियो ।

संग्रौलाले झाको सरुवा गराइदिने धम्की दिएकी थिइन् । नभन्दै उनको सरुवा भएपछि प्रहरीको आलोचना भएको थियो । पछि प्रहरीले सरुवाअघि संग्रौलाको अभिव्यक्तिबारे थाहा नभएको र संयोग मात्र परेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?