+
+

सिंहदरबारबाट विदा भए पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते १८:५४

२९ असार, काठमाडौं । केपी शर्मा ओली सरकारको उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेलले आज बिदाइ भेट गरेका छन् । उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिए ।

उनी अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा  सिँचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा-छुट्टै विदाइ कार्यक्रममा सहभागी भए ।

पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताए ।

उनले अब आउने मन्त्रीहरुलाई समेत उत्तिकै साथ र सहयोग गर्न कर्मचारीलाई आग्रह गरेको पौडेलको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?