+
+
Shares

कांग्रेस प्रवक्ताले भने : सच्चिएर सहकार्य गरौं राष्ट्रपतिज्यू !

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते १९:४७

२९ असार, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री नियुक्तिको पत्र सच्याउन आग्रह गरेको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला अनुसार भनी उल्लेख गरेपछि शेरबहादुर देउवाले शपथ ग्रहण गर्न मानेका छैनन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले राष्ट्रपतिलाई प्रवृत्ति सच्याउन आदेश दिएको भन्दै उनले सच्चिएर सहकार्य गर्न राष्ट्रपतिलाई प्रस्ताव गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननीय राष्ट्रपतिज्यू !  पत्र सच्चिने कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो, सर्वोच्चको फैसलाले ‘सरकार बदल्न’ मात्र होइन, यहाँ ‘संरक्षकलाई बदलिन’ समेत आदेश दिएको विषयलाई विनम्रसँग आत्मसात गरौं ।’

राष्ट्रपति पत्र सच्चिनुपर्ने देउवाको अडानका कारण सपथ कार्यक्रम रोकिएको छ । शपथका लागि प्रधानमन्त्री देउवासहितका नेताहरु शीतलनिवास पुगिसकेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?