Comments Add Comment

कोपा अमेरिकाको टिम अफ दि टुर्नामेन्टमा अर्जेन्टिनाका चार खेलाडी

३० असार, काठमाडौं । कोपा अमेरिकाको टिम अफ दि टुर्नामेन्टमा अर्जेन्टिनाका चार खेलाडी समावेश भएका छन् ।

आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गर्दै २८ वर्षपछि पहिलो कोपा जितेको थियो ।

टिम अफ दि टुर्नामेन्टका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीसहित मिडफिल्डर रोड्रिगो डे पउल, डिफेण्डर क्रिस्टियन रोमेरो र गोलकिपर एमिलियानो मार्टिनेज समावेश छन् । यस्तै ब्राजिलबाट फरवार्ड नेयमार, मिडफिल्डर कासेमिरो र डिफेण्डर मार्क्विन्होस छन् ।

कोलम्बियाबाट फरवार्ड लुइस डियाज, पेरुका मिडफिल्डर योसिमार यटुन, चिलीका डिफेण्डर माउरिसिया इस्ला र इक्वेडरका डिफेण्डर पर्भिस इस्तुपिनान टिम अफ दि टुर्नामेन्टमा अटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment