Comments Add Comment

म्यानचेष्टर युनाइटेडमा अनुबन्ध हुनुअघि सान्चोको स्वास्थ्य परीक्षण

३० असार, काठमाडौं । इंग्ल्याण्डका विंगर जाडोन सान्चोले म्यानचेष्टर युनाइटेडमा अनुबन्ध हुनुअघि स्वास्थ्य परीक्षण गराएका छन् ।

जर्मन क्लब बोरुसिया डर्टमण्डबाट ७३ मिलियन पाउण्डमा युनाइटेड जाने पक्का भइसकेका उनको स्वास्थ्य परीक्षण भएको बीबीसीले जनाएको छ ।

२१ वर्षीय सान्चोलाई युनाइटेडले भित्र्याउने सहमति भए पनि अफिसियल सम्झौता गर्नका लागि जुलाई १ सम्म पर्खनुपर्नेछ ।

सान्चो युरोकपमा इंग्ल्याण्डको टिममा थिए र उनले कुल ९७ मिनेट खेले ।

सान्चो मंगलबार युनाइटेडको क्यारिङगटन ट्रेनिङ कम्प्लेक्समा पुगेको बीबीसीले जनाएको छ ।

युनाइटेडले सान्चोलाई यसै साताको अन्त्यमा आधिकारिक रुपमा आफ्नो खेलाडीको रुपमा सार्वजनिक गर्ने छ ।

युरोकप फाइनलमा सान्चोले इटलीविरुद्ध पेनाल्टी चुकाएका थिए । मार्कुस रासफोर्ड, सान्चो र बुकायो साकाले पेनाल्टी मिस गरेपछि इंग्ल्याण्ड पेनाल्टी सुटआउटमा इटलीसँग ३-२ ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment