Comments Add Comment

भिन्सको शतकले बाबरको शतक छायामा, इंग्ल्याण्डद्वारा सिरिज क्लिस्वीप

३० असार, काठमाडौं । बाबर आजामको शानदार शतकलाई छायामा पार्दै जेम्स भिन्सले करियरकै पहिलो एकदिवसीय शतक बनाएपछि घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो खेल जित्दै तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ ।

मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै सिरिज आफ्नो जितेको हो ।

पाकिस्तानले दिएको ३३२ रनको उच्च लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । इंग्ल्यान्डको जितमा नायक बनेका जेम्स भिन्सले १०२ रन बनाए ।

उनले ९५ बल खेल्दै ११ छक्का प्रहार गरे । यस्तै लेविस ग्रेग्रोरीले ७७ रन योगदा गर्दा ज्याक क्रलीले ३९, फिल साल्टले ३७ र कप्तान बेन स्टोक्सले ३२ रन जोडे ।

पाकिस्तानका हरिस राउफले ४ विकेट लिए भने शादब खानले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबरको शानदार शतकमा ५० ओभरमा ९ विकेट गुमाएर ३३१ रन बनाएको थियो ।

बाबर आजमले १३९ बल खेल्दै १४ चौका र ४ छक्का मद्दतमा १५८ रन बनाए । यस्तै मोहम्मद रिजवानले ७४ र

इमाम उल हकले ५६ रनको योगदान दिए ।

इंग्ल्यान्डका ब्राएडन कार्स एक्लै ५ विकेट लिए भने सकिब मोहमुदले ३ विकेट लिए ।

यसअघि इंग्ल्याण्डले पहिलो खेल ९ विकेटले र दोस्रो खेल ५२ रनले जितेको थियो ।

इयान मवर्गनको कप्तानीमा रहेको टिमका केही सदस्यलाई कोरोना संक्रमण भएपछि इंग्ल्याण्डले बेन स्टोक्सको कप्तानीमा अर्को टिम नै घोषणा गरेर यो सिरिज खेलाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment