+
+

ओलीको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला

शंकर गिरी शंकर गिरी
२०७८ असार ३० गते ११:३८

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भएका छन् ।

ओलीलाई स्कर्टिङ र स्वागत गर्दै बालुवाटारबाट निजी निवास बालकोटसम्म पुर्‍याउने भन्दै एमाले कार्यकर्ताहरु भेला भएका हुन् ।

ओलीको स्वागतमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला भएका छन् ।

त्यसअघि एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै मंगलबार साँझ नै कार्यभार सम्हालेका छन् ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?