Comments Add Comment

लामखुट्टेले मान्छेको रगत किन चुस्छ ? यस्तो छ वैज्ञानिक कारण

विभिन्न रोगका जिवाणुहरुको वाहकको रुपमा रहने लामखुट्टे निकै हानिकारक किरा मानिन्छ । पोथी लामखुट्टे मानिस तथा अन्य जिवजन्तुको रगत चुस्दछ । आखिर लामखुट्टेले मानिसको रगत किन चुस्दछ ? मान्छेको रगत चुस्ने बानी लामखुट्टेलाई कसरी पर्यो ? वैज्ञानिकहरुले यसको जवाफ पत्ता लगाएका छन् जुन निकै अनौठो छ ।

वैज्ञानिकहरुका अनुसार पहिले लामखुट्टेले रगत चुस्दैनथ्यो । लामखुट्टेको शरीरभित्र भएको एक परिवर्तनका कारण विस्तारै लामखुट्टै रक्तपिपासु भएको हो ।

पृथ्वीमा कैयन् प्रजातिका लामखुट्टे छन् । त्यसमध्ये अफ्रिकामा पाइने एडिस एजाइप्टी पनि एक हो । यही लामखुट्टे जिका भाइरसका साथै डेंगु र यल्लो फिबर फैलाउनका लागि जिम्मेवार मानिन्छ ।

प्रिन्स्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यही प्रजातिको लामखुट्टेमा अनुसन्धान गरेका थिए र यो निष्कर्षमा पुगेका थिए कि सबै प्रजातिका लामखुट्टेले रगत चुस्दैनन् र धेरैले आफ्नो जिविकाका लागि अन्य चिजहरु पनि खान्छन् ।

अनुसन्धानकर्ता नोआह रोजका अनुसार अनुसन्धानका क्रममा एडिस एजाइप्टी लामखुट्टेको अण्डा संकलन गरी त्यसबाट लामखुट्टे कोरलियो र त्यसरी जन्मिएका लामखुट्टेलाई प्रयोगशालामा बन्द गरियो । उक्त प्रयोगशालामा मानिस तथा अन्य जिवजन्तुलाई पनि राखियो ता कि रगत चुस्ते विधि लामखुट्टेले सिक्न सकोस् । त्यसक्रममा शोधकर्ताहरुले एडिस एजाइप्टी लामखुट्टेको फरक फरक प्रजातिहरुमा खानपानको तरिका निकै फरक-फरक रहेको पाए ।

नोआहका अनुसार अधिकांस लामखुट्टेले रगत चुस्दैनन् । त्यस्ता ठाउँहरु जहाँ धेरै गर्मी हुन्छ, सुख्खा हुन्छ र पानीको कमी हुन्छ त्यस्ता ठाउँहरुमा लामखुट्टेलाई प्रजननका लागि चिस्यानको आवश्यकता पर्दछ । त्यहीँ चिस्यानको आवश्यकता पूरा गर्नका लागि लामखुट्टेले मानिस तथा अन्य जिवजन्तुहरुको रगत चुस्न सुरु गर्दछ ।

लामखुट्टेको सरीरमा यसरी रगत चुस्ने क्षमताको विकास हुनका लागि हजारौँ वर्ष लागेको ठहर वैज्ञानिकहरुको छ । पानी पर्याप्त हुने ठाउँहरुमा लामखुट्टेलाई प्रजनन गर्नका लागि कुनै समस्या हुँदैन । तर जब लामखुट्टेलाई पानीको कमी महसुस हुन थाल्दछ तब उसले मानिस वा अन्य जीवको रगत चुस्न सुरु गर्दछ । वैज्ञानिकहरुका अनुसार लामखुट्टेले कुनै पौष्टिक तत्वको लागि नभई शरीरमा पानीको अभाव पूरा गर्नकै लागि मानिसको रगत चुस्ने गरेको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment