Comments Add Comment

राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव पारित

३० असार, काठमाडौं । राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव साधारण सभाले पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्ने साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस शेयर र बोनस पछि कायम हुने पुँजीको १४७.५२ प्रतिशत (९५ लाख ३५ हजार ७६० कित्ता) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वाषिर्क प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेण्न्डाहरू पनि पारित गरेको छ ।

बोनस पश्चात राधी विद्युत कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुगेको छ भने हकप्रद शेयरपछि चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment