Comments Add Comment

हेटौंडाबाट २०९ किलो गाँजासहित तीन जना पक्राउ

३० असार, हेटौंडा । २०९ किलो लागूऔषध गाँजासहित प्रहरीले हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बाट दुई जना र वडा नम्बर १९ बाट एक जनालाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

हेटौंडाबाट तराईतर्फ जाँदै गरेको बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १६९ किलो गाँजासहित पूर्वपश्चिम राजमागको रातोमाटेबाट दुई जनालाई पक्राउ गरेको उनले बताए । पक्राउ पर्नेमा गाडीका चालक भारत मोतिहारीका ३० वर्षीय रविन्द्र राय र सहचालक ३१ वर्षीय मुक्तार सैफिक रहेका छन् ।

यस्तै पूर्वपश्चिम राजमार्गको हेटौंडा–१९ नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनरमा लुकाइछिपाई ल्याएको ४० किलोग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गाँजासहित प्रहरीले कन्टेनरका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका–४ का १९ वर्षीय दीपक गुरुङलाई पक्राउ गरेको छ । कन्टेनरका चालक फरार रहेकाले उनको खोजी भइरहेको रिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment