+
+
Shares

पोखराको पर्यटकीय ब्राण्डको नाम ‘पोखरा पियोर एज पाराडाइज’ 

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते १८:००

३० असार, काठमाडौं । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आकर्षक गन्तव्य पोखराको पर्यटकीय ब्रान्ड नाम तोकेको छ । विगतमा प्याराडाइज पोखराको नामबाट चिनिएको पोखरालाई अब ‘पोखरा, पियोर एज प्याराडाइज’ भनि तोकेको छ ।

नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताए ।

उनले गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यकता महशुस गरी ब्राण्डिङको शुरुवात गरिएको बताए । यस्तो ब्राण्डिङले पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल पुग्ने उनको भनाइ छ । बोर्डले यसको शुरुवात गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको थियो ।

ब्राण्ड तयार गर्ने विज्ञ र्फमको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालाहरु माझ विभिन्न चरणमा प्रस्तुत गरि उनीहरुबाट राय तथा सुझावहरु संकलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई  अन्तिम रुप दिइएको बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।

कोभिड-१९ ले अत्यन्त प्रभावित भएको नेपालको पर्यटनलाई कोभिड-१९ को प्रभाव कम भएपछि पोखराको नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्रय पर्यटन बजारमा नयाँ उर्जाका साथ प्रवर्द्धन  गर्नका लागि सरकारी तथा निजी क्षेत्र, संचारकर्मीहरु लगायतका सबै सरोकारवालाहरुको साथ मिल्ने नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशले अपेक्षा राखेको समेत उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?