Comments Add Comment

प्रधानमन्त्री देउवालाई भाजपा विदेश विभाग प्रमुखको बधाई

३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले बधाई दिएका छन् ।

उनले बुधबार साँझ नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता गरेका हुन् । यसबारे ट्वीटरमार्फत जानकारी दिंदै उनले भनेका छन्, ‘शेरबहादुर देउवासँग कुराकानी भयो । मैले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएको छु ।’

नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच निरन्तर पार्टी- टु-पार्टी संवाद आवश्यकता रहेकाेमा दुवै सहमत भएको समेत चौथाइवालेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment