Comments Add Comment

साउनको सौन्दर्य : १६ शृंगारको महिमा

भन्नलाई त भनिन्छ, विद्या समं नास्ति शरीर भूषणम् ।  मानिसका लागि विद्या नै सबैभन्दा ठूलो गहना हो । यद्यपि मान्छेले आफ्नो रुपरंगमा निखार ल्याउन बाहिरी गरगहना लगाउने गर्छन् । सौन्दर्यको एक अहम् हिस्सा पनि हो यो ।

गहनाको प्रचलन प्राचीन समयदेखि नै रहेको पाइन्छ । जब मानिसमा चेतनाको विकास भयो, तबदेखि नै मानिसले गहनाको प्रयोग गर्न थालेको पाइन्छ ।  पहिले महिला तथा पुरुष दुवैले गहनाको प्रयोग समान तवरले गर्ने गरिए पनि समय क्रमसँगै गहना महिलाको पर्याय बनेको देखिन्छ ।

धार्मिक मान्यता अनुसार प्राचीन समयका ऋषिमुनिहरूले केही त्यस्ता साधन निर्माण गरे जसबाट महिलाको शारीरिक एवं मानिसिक स्वास्थ्यको रक्षा  हुन सकोस् । प्रचलन बढ्दै जाँदा यस्ता साधनलाई  समेत सुन्दर गहनाका रूपमा अंगाल्न थालियो र नियमपूर्वक पहिरन थालियो ।

पूर्विय सभ्यतामा सोह्र शृंगारको व्याख्या गरिएको छ । खासगरी महिलाको लागि सोह्र शृंगारको आवश्यक्ता र त्यसको अर्थ बताइएको छ ।

 के हो सोह्र श्रृंगार ?

श्रृंगार शब्दको प्रयोग सामन्यतः ब्रस्त्रभूषण आदिले शरीरलाई सु–सज्जित गराउने अर्थमा लिइन्छ । सोह्र श्रृंगार शरीरको स्वच्छतादेखि श्रृंगार एवं मुस्कान, शारीरिक हाउभाउको संयोजन मानिन्छ । यसमा मेहेन्दी, आभूषण, केस–विन्यासदेखि मुस्कानसम्म पर्छ ।

स्नान– श्रृंगारको सुरुवात स्नानपछि गर्नुपर्छ ।

बस्त्र– बिना वस्त्र सबै सौन्दर्य कान्तिहीन लाग्छ । प्रस्तर युगबाट शीत, ग्रीष्मबाट बच्न मानिसले रुखको बोक्रा, पशुको छालाले आफ्नो शरीर ढाक्ने गर्थे । कालन्तरमा सभ्यताको विकाससँगै बस्त्रमा अनेकन ढाँचा र बान्की देखापरे । यसरी बस्त्र सौन्दर्यकै मूख्य पाटोको रुपमा विकास भएको हो ।

हार– हार लगाउनुको अर्थ सुन्दर देखिनुका साथै स्वास्थ्यका लागि पनि हो । गला वा यसको नजिकमा यस्तो प्रेशर विन्दु हुन्छ, जसको केहि हिस्साबाट शरीरलाई लाभ प्राप्त हुन्छ ।

बिन्दी– टिका अर्थात बिन्दीलाई सौभाग्यको प्रतिक मानिन्छ ।

काजल– आँखालाई सुन्दर बनाउन एवं आँखाको सुरक्षा दुबै दृष्टिले काजल प्रयोग गरिन्छ ।

अधरंजन– ओंठ एवं अधरको सुन्दरता बढाउनका लागि त्यसमा केहि रंग प्रयोग गरिन्छ । प्राचिन कालमा फूलको रसबाट यो काम गरिन्थ्यो ।

नथ– नाखको सोभा बढाउनका लागि नाखमा छेडेर केहि प्रकारका नथ लगाइन्छ ।

केस सज्जा– केसमा सुगन्धित तेल लगाएर आकर्षक बान्कीका सजाइन्छ ।

कमरबन्ध–कमरको सौन्दर्यका लागि कमरबन्ध प्रयोग गरिन्छ । यसलाई सुन, चाँदी, हिरा, मोती जडान गरी विभिन्न आकारमा बनाइन्छ ।

चरणराग– खुट्टा वा हातको सौन्दर्य साथै छालाको सुरक्षाको लागि मेहेन्दी लगाउने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment