Comments Add Comment

साफ च्याम्पियनसिप अझै अनिश्चित

३१ असार, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियन सेप्टेम्बर हुने तय गरिएको थियो । तर, कोभिड-१९ महामारीका कारण यस वर्ष पनि साफ हुनेमा अझै शंका छ ।

आगामी सेप्टेम्बर १४ देखि २४ सम्म बंगलादेशमा साफ हुने तालिका छ । तर कोरोना महामारीले गर्दा अहिलेसम्म साफ तोकिएकै मितिमा हुने सम्भावना कम हुँदै गएको छ ।

साफले दुई साताअघि सदस्य राष्ट्रहरुसँग च्याम्पियनसिप आयोजनाबारे छलफल गर्दा च्याम्पियनसिप केही अघि सारेर गर्ने प्रस्ताव गरेको थियो । जसमा अगष्ट ३१ देखि सेप्टेम्बर ७ सम्म गर्ने प्रस्ताव गरिएको थियो ।

यो पनि पढ्नुहोस अन्योलमा साफ च्याम्पियनसिप : कोभिड-१९ र प्रायोजक मुख्य चुनौती

यस्तै साफले बंगलादेश फुटबल फेडरेसनलाई च्याम्पियनसिप आयोजना बारे आफ्नो निर्णय दिन आज सम्मको समयसीमा दिएको थियो । अब बंगलादेश फुटबल फेडेरेसनले आफ्नो अन्तिम निर्णय दिएपछि थप प्रकियाबारे छलफल हुने साफ महासचिव अनवरुल हक हेलाले अनलाइनखबरलाई बताए ।

साफका अध्यक्षसमेत रहेका बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष काजी सलाहउद्दिनले साफ च्याम्पियनसिप आयोजना अझै अनिश्चित रहेको बताएका छन् ।

बंगलादेशको अनलाइन डेली स्टारसंगको कुराकानीमा सलाहउद्दिनले कोरोना महामारी, प्रायोजक र आयोजना स्थलको समस्याको कारण अहिले नै भन्न सकिने अवस्था नरहेको बताए ।

‘लकडाउन र महामारीले गर्दा कुनै पनि देशले अहिलेसम्म विश्वस्त भएर केही भन्न सकेका छैनन् । जस्तै भुटान अहिले आफ्नो देशभन्दा बाहिर आउने अवस्था छैन । यस्तै आर्थिक पाटो पनि छ । जसले हामीलाई प्रायोजक गर्ने वाचा गरेका थिए उनीहरुले पनि अहिले पर्ख र हेरको अवस्थामा हामीलाई पर्खाईरहेका छन् । अहिले अवस्था अनिश्चित बनेको छ किनकि उनीहरुको वाचा गरेको बेला जस्तो अवस्था अहिले छैन,’ सलाहउद्दिनले डेली स्टारसँग भने ।

यस्तै साफ च्याम्पियन आयोजना गर्ने सम्भावनाबारे सोध्दा सलाउद्दिनदे अहिले भन्न नसकिने बताए । ‘म अहिले जवाफ दिन सक्दिन किनकि हामीलाई कसैले नो भनेका छैनन् । सबैले मलाई यो अवस्थामा पर्ख र हेर भनेका छन् । कसैले पनि हामीलाई ग्यारन्टी गरेका छैनन् र यो नै समस्या छ ।’

साफ आयोजनाको भेन्यु पनि सार्नुपर्ने आवश्यकता छ । ढामा रहेको स्टेडियमा पूनर्निमार्णमा रहेकोले च्याम्पियनसिप सिलेटमा सार्नुपर्ने विषयमा साफ महासचिव र सदस्य राष्ट्रहरुबीच यसअघि छलफल भएको थियो । कसैलै पनि त्यस विषयमा असहमति नजानाएको डेली स्टारले जनाएको छ ।

‘आर्थिक समस्या मात्र अहिलेको समस्या होइन । अरु पनि समस्या छन् । जस्तै ट्राभल रेस्ट्रिक्सन्स, क्वारेन्टिन । यदि सरकारले अहिलेको महामारीको कारण ती समस्या हल गर्न सकेन भने साफ च्याम्पियनसिप आयोजना गर्न साँच्नै कठिन छ,’ साफ महासचव हेलालको भनाइ उल्लेख गर्दै डेली स्टारले लेखेको छ ।

सलाहउद्दिन साफ च्याम्पियनसिप आयोजना गर्ने बारे सकरात्मक रहेपनि यदी अगष्ट-सेप्टेम्बरमा आयोजना गर्न नसके यस वर्ष साफ गर्ने सम्भावना कम रहेको बताएका छन् । ‘यदि अगष्ट सेप्टेम्बरमा साफ आयोजना गर्न नसके साफ च्याम्पियनसिप हुने सम्भावना कम छ । हामीसँग ढाकामा स्टेडियम छैन । यो समस्या छ । हामीले साफ च्याम्पियसिपबारे यही महिना अन्तिम निर्णय गर्नुपर्नेछ,’ सलाहउद्दिनले भनेका छन् ।

बंगलादेशमा साफ बयोजना हुन नसकेको अवस्थामा नेपालले पनि आयोजना बारे चासो देखाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले यसअघि नै साफ आयोजनाका लागि साफ समक्ष प्रस्ताव गरिसकेको छ ।

बंगलादेश फुटबल फेडेरेसनले आज आफ्नो निर्णय दिएपछि अन्य प्रक्रिया बारे छलफल हुने साफ महासचिव हेलालले जानकारी दिए ।

नेपालले साफलाई लक्षित गर्दै यसअघि नै बन्द प्रशिक्षण समेत शुरु गरिसकेको छ । प्रारम्भिक चरणमा ५० खेलाडी प्रशिक्षणमा थिए । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले त्यसबाट पहिलो चरणमा १४ खेलाडीलाई हटाउँदै प्रशिक्षणमा ३६ खेलाडीलाई राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment