Comments Add Comment

तालिबानको आक्रमण बढेसँगै तीन सयभन्दा धेरै नागरिक पुगे ताजिकिस्तान

३१ असार, काठमाडौं । अफगानिस्तानमा चरमपन्थी संगठन तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेसँगै ३४७ अफगानिस्तानी नागरिक भागेर ताजिकिस्तान पुगेका छन् ।

ताजिकिस्तानको सीमा सक्षाबलको सूचना एजेन्सीले खिएको जानकारीअनुसार तालिबानबाट ज्यान बचाउन ३४७ अफगानी नागरिक ताजिकिस्तान प्रवेश गरेका हुन् । सीमा पार गर्ने क्रममा दुई शिशुको मृत्यु भएका ताजिकिस्तानको सीमा सुरक्षा बलले बताएको छ ।

पछिल्लो समय अफगानिस्तानबाट विदेशी सेना फिर्ता जान थालेसँगै तालिबानले मुलुकको धेरै क्षेत्रमा आफ्नो नियन्त्रण बढाएको छ । गत जुन महिनामा तालिबानले अफगानिस्तानको मुख्य सीमा शिर खान बन्दारलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

बुधबार तालिबानले पाकिस्तानसँगको रणनीतिक हिसाबले निकै महत्वपूर्ण मानिएको सीमामा पनि आफ्नो नियन्त्रण कायम भएको दाबी गरेको छ । यद्यपि अफगानिस्तानका गृहमन्त्रीले तालिबानको आक्रमण असफल पार्दै सरकारी सेनाले उक्त सीमा क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा लिएको बताएका छन् ।

अहिले अफगानिस्तानबाट भागेर आएका शरणार्थीमा ६४ पुरुष र ११३ महिला रहेको ताजिकिस्तानले बताएको छ । ताजिकिस्तानले मानव अधिकारको सिद्धान्त र असल छिमेकीको नाताले उनीहरुलाई मुलुकमा प्रवेशको अनुमति दिएको ताजिकिस्तानले बताएको छ ।

ताजिकिस्तानका अनुसार शरणार्थीहरुले तीन सय चौँरीगाई, तीनवटा उँट र ३० ओटा घोडा पनि ल्याएका थिए । ताजिकिस्तानले आफ्नो अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्र भने नियन्त्रणमा रहेको बताएको छ ।

यसअघि नै तालिबानले अफगानिस्तानका छिमेकी मुलुकमा आक्रमण नगर्ने बताइसकेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment