
३१ असार, काठमाडौं । काठमाडौंमा मोवाइल लुटपाटमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त वौद्धको विशेष टोलीले २० थान लुटेको मोवाइलसहित ३ जना पक्राउ गरेको छ । प्रहरीले बाराको निजगढ घर भई वौद्ध बस्ने २२ वर्षका विरस मगर र १८ वर्षका समीर तामाङ र खोटाङको बतासे घर भई गोकर्णेश्वर बस्ने १९ वर्षका भीम राईलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एउटा मोटरसाइकल र विभिन्न ब्राण्डका गरी २० थान मोवाइल बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी रमेश बस्नेतले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4