
३१ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले भेटेरै बधाई दिएका छन् ।
देउवाले प्रधानमन्त्री पदको शपथ लिएकै दिन सामाजिक सन्जाल ट्वीटरमार्फत् बधाई दिएका राजदूत बेरीले बिहीबार देउवालाई भेटेका हुन् ।
देउवालाई भेट्न राजदूत बेरी बिहीबार बुढानीलकण्ठस्थित निवास पुगेका थिए । भेटमा राजदूत बेरीले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिंदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको देउवाको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4