+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १६:४८

३१ असार, बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली हटाएर साउन १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सबैखाले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाउने निर्णय गरेको छ ।

निषेधाज्ञा अवधिमा सभा, सम्मेलन र भीडभाड हुने गतिविधि मात्र गर्न नपाइने बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले जानकारी दिए । यस्तै विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।

‘निषेधात्रालाई थप खुकुलो पार्दै सबै खाले व्यवसाय सञ्चालन गर्न दिने र स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरी कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरिएको छ,’ सहायक प्रजिअ पाण्डेले भने, ‘कोरोना जोखिम हटिसकेको छैन, कसैले पनि निषेधाज्ञा खुकुलो भयो भनेर लापरवाही नगरौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?