+

युरोकपमा चेक रिपब्लिकका प्याट्रिक सिकले गरेको गोल बन्यो उत्कृष्ट

२०७८ असार  ३१ गते १६:५५ २०७८ असार ३१ गते १६:५५
युरोकपमा चेक रिपब्लिकका प्याट्रिक सिकले गरेको गोल बन्यो उत्कृष्ट

३१ असार, काठमाडौं । चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकको गोल युरोकप २०२० को उत्कृष्ट गोल चुनिएको छ । २५ वर्षीय सिकले समूह चरणमा स्कटल्यान्डविरुद्ध गरेको गोल उत्कृष्ट बनेको हो ।

यूईएफएले बुधबार सामाजिक सञ्जालमार्फत सिकको गोलले सर्वाधिक मत पाउँदै उत्कृष्ट घोषित भएको जनाएको हो । सिकले झन्डै ५० मिटर टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । स्कटल्याण्डका गोलकिपर डेभिड मार्सलले त्यसलाई रोक्ने कुनै अवसर नै पाएनन् ।

यूईएफएको टेक्निकल अब्जर्भर टिमले १० उत्कृष्ट गोलको सूची तयार पारेको थियो । त्यसैबाट सिकको गोल उत्कृष्ट चयन भएको हो ।

युरोकपमा सिकले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो समान ५ गोल गरेका थिए । तर एक असिस्ट समेत गरेका रोनाल्डोले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जिते ।

चेक रिपब्लिक युरोकप २०२०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय