
३१ असार, धनगढी । कञ्चनपुरमा थप खुकुलो बनाएर एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जारी निषेधाज्ञालाई साउन ७ गतेसम्म निरन्तरता दिने आदेश जारी गरेका छन् ।
थप गरिएको निषेधाज्ञा अवधिमा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी सञ्चालन गर्न पाइनेछ । यस्तै अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै पसल दैनिक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मानिसहरुको बढी भीडभाड हुने सभा सम्मेलन तथा गोष्ठी आयोजना गर्न पाइने छैन भने पार्टी प्यालेस, रेष्टुरेन्ट, जिमखाना, खेलकुद स्थल, शैक्षिक संस्था बन्द नै रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4