+
+

कुमारी बैंकको कामु सीईओमा अनुजमणि, विदा भए सीईओ भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते २१:४०

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ४ वर्षको कार्यकाल पुरा गरी अवकाश लिएका छन् । कुमारी बैंकको सञ्चालक समितिको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ ।

३५वर्षको लामो बैंकिंङ्ग करियर संगालेका भण्डारी  ४ बर्ष अगाडी कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । उनको कार्यकाल सुखद् र सफल रहेको कुमारी बैंकले जानकारी दिएको छ ।

उनको कार्यकालमा बैंकले प्रशंसनीय उन्नती गर्दै नेपालका सफल बैंकहरूको सूचीमा  पुग्न सफल भएको बैंकले जनाइएको छ । बैंकले यही कार्यकालमा ७ विभिन्न वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो ।

बैंकको सञ्चालक समितिको बैठकमा सुरेन्द्र भण्डारीले आफ्नो परिवार तथा समाजप्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले जिम्मेवारीबाट विदा लिन चाहेको जानकारी गराउंदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना पनि दिएका थिए । कामु सीइओ तिमिल्सिना यसअघि सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका काम गरिसकेका अनुभवी बैंकर हुन्  । उनलाई नै सीइओ बनाउने तयारी सञ्चालक समितिले गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?