Comments Add Comment

गुल्मीमा खुकुलो बनाउँदै साउन १० गतेसम्म निषेधाज्ञा थप

१ साउन, गुल्मी । गुल्मीमा केहि खुकुलो बनाउदै साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले साउन १० गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर कायमै रहेपनि बिभिन्न क्षेत्रहरुमा खुकुलो बनाएर निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु दैनिक बिहान ७ बजेदेखी दिउँसो ४ बजेसम्म संचालन गर्न पाउने भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।

यसअघि १ बजेसम्म दिएको थियो । सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली लागू गरि स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरि जिल्ला भित्र सन्चालन गर्न पाउने भएका छन् ।

निजी यातायात पनि सन्चालन हुन पाउने भएका छन् । तर निजी यातायातमा यात्रु बोक्न भने प्रतिबन्ध गरिएको छ । जिल्लाभित्र निर्माण सामाग्री, पुस्तक, कृषि जन्य पदार्थ बोक्ने जिप तथा ट्रक सुरक्षा मापदण्ड अपनाएर सन्चालन हुन पाउने भएका छन् ।

शैक्षिक सस्था बैकल्पिक बिधिबाट संचालन गर्ने बताइएको छ । खाजा घर, रेष्टरेन्ट बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यस्तै बैंक तथा वित्तिय संस्था, सहकारी, वीमा कम्पनीहरु सञ्चालन गर्न पाउने भएका छन् ।

खाद्यवस्तु बेच्ने पसलहरु र बैंक तथा बित्तिय संस्था फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेरलिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल खोल्न पाइने भएको छ ।
जिल्लामा संचालित सैलुन, ब्युटिपार्लरहरु, सार्वजनिक यातायात भने संचालनमा पुर्ण रुपमा रोक लगाइएको प्रशासकीय अधिकृत पन्थीले बताए । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।

जिल्लामा कोभिडको दोस्रो लहरबाट ४५७ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा ९१ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म ३ हजार ५८९ जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ती ओली, यी देउवा

Advertisment