Comments Add Comment

करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१ साउन, धनगढी । कञ्चनपुर प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–९ का विष्णु राना रहेका छन् । रानालाई शुक्रबार घरमै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले रानालाई पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए ।

रानालाई कञ्चनपुर जिल्ला अदालतले मंसिर २४ गते एक वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ पीडितलाई क्षतिपुर्ति दिने फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ती ओली, यी देउवा

Advertisment