Comments Add Comment

शकिब बने बंगलादेशका लागि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी

१ साउन, काठमाडौं । अलराउण्डर शकिब अल हसन बंगलादेशका लागि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । शकिब यसअघि नै टेष्ट र टी–२० आईमा सर्वाधिक विकेट लिने खेलाडी बनिसकेका छन् ।

हरारेमा भएको जिम्बाबे विरुद्धको पहिलो ओडीआईमा ब्रेन्डन टेलरको विकेट लिंदै शकिबले उक्त उपलब्धि हासिल गरे । उनले जिम्बाबे विरुद्ध ५ विकेट लिएका थिए । ब्रेन्टलको विकेट लिएपछि शकिबले ओडीआईमा सर्वाधिक विकेट लिनेमा मोसराफे मोर्तजालाई पछि पारे । मोर्तजाले २६९ विकेट लिएका छन् ।

जिम्बाबे विरुद्ध ५ विकेटपछि लेफ्ट आर्म स्पीनर शकिबले बंगलादेशका लागि ओडीआईमा २१३ खेलमा २७० विकेट लिएका छन् । यस्तै उनले ६ हजार ४७ रन समेत बनाएका छन् ।

शकिब यसअघि पनि ओडीआईमा सर्वाधिक विकेट लिने सूचीमा अगाडि थिए । उनले २०१६ मा यो उपलब्धि हासिल गरेका थिए । तर मोर्ताजाले २०२० सम्म ओडीआई खेल्ने क्रममा शकिबलाई पछि पारेका थिए ।

शकिबले यसअघि नै टेष्ट र टी–२०मा सर्वाधिक विकेट लिइसकेका छन् । उनले टेष्टमा २१० र टी–२० मा ९२ विकेट लिएका छन् । शकिब अहिले टी–२० मा सर्वाधिक विकेट लिनेमा छैटौं स्थानमा छन् । उनले सबैखाले टी–२० मा गरेर ३६२ विकेट लिएका छन् ।

उनी ओडीआईमा ६ हजार रन बनाउने र २५० भन्दा बढी विकेट लिने चार अलराउण्डरमध्ये एक हुन् । यस्तै ५ हजार रन बनाउने र ३०० विकेट लिने तीन खेलाडीमध्ये पनि उनी एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment