+
+
Shares

कती सुहायो पल र श्री पाण्डेको जोडी ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते १६:००

हुनत, म्यूजिक भिडियोमा राज गरिरहेका मोडल पल शाहसँग म्यूजिक भिडियोमा पर्दा शेयर गर्ने महिला मोडलको संख्या धेरै छ । यसमध्ये कतिपयलाई मात्र दर्शकले रुचाएका छन् । कान्तिपुर टीभीमा समाचार पढ्दै गर्दा चर्चामा आएपछि श्री पाण्डे टिकटकमा पनि हिट भइन् । यसपछि, उनको ध्यान भिडियोतिर पनि जान थालेको छ ।

उनै, श्री पाण्डे र पल शाहले अभिनय गरेको नयाँ म्यूजिक भिडियो ‘फूलकुमारी’ बजारमा आएको छ । यो गीतमा डाक्टर प्रकाश पौडेलको शब्द, राजनराज सिवाकोटीको स्वर तथा संगीत छ । उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन रहेको गीतलाई काठमाडौं वरिपरीका लोकेशनमा खिचिएको छ ।

यो भिडियोलाई सरिन पोखरेलले निर्देशन गरेका हुन् । भिडियोमा पल र श्री पाण्डेको रोमान्टिक अवतार देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?